गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग

बोलन्या थली | ६ माघ २०७७, मंगलवार
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउनु पर्ने विद्यार्थी सङ्गठनहरुले माग गरेका छन । सुदूरपश्चिम प्रदेशमा क्रियाशिल ६ वटा विद्यार्थी संगठनहरुले प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउनु पर्ने साझा धारणा सार्वजनिक गरेका हुन्।

सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा भनिएको छ, कुनै पुरानो विश्वविद्यालय प्रणाली अन्तर्गतको मेडिकल कलेज वा शिक्षा क्षेत्रको दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको रुपमा नभई सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको रुपमा अगाडि बढाउन सान्दर्भिक र वैज्ञानिक हुनेछ ।

हाल नेपालमा एउटा पनि मेडिकल विश्वविद्यालय नभएको सन्दर्भमा यो विषय सुदूरपश्चिमका करिब ३० लाख जनताको स्वास्थ्य तथा चिकित्सा शिक्षा , रोजगार र आर्थिक समृद्धि सङ्गै राष्ट्रिय गौरवको रुपमा समग्र देशलाई नै दुरगामी टेवा पुर्याउने गरि सोचिनु पर्छ। 

यो सन्दर्भमा प्रस्तावित मेडिकल कलेज लाई तत्काल मेडिकल विश्वविद्यालय घोषणा गरेर विश्वविद्यालयको शैक्षिक कार्यक्रम संचालनको नमूना तयार गरि आगामी वर्ष देखि प्रारम्भिक चरणको पठनपाठन सुचारु गर्न राज्य सङ्ग जोडदार माग गर्दछौं।”


जनाअवजको टिप्पणीहरू