आइसोलेशनमा रहेकी एक महिलाको मृत्यु
बोलन्या थली |
९ भाद्र २०७७, मंगलवार
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको आइसोलेशनमा रहेकी एक महिलाको मृत्यु भएको छ।घोडाघोडी नगरपालिका वडा नम्बर ११ को आइसोलेशनमा रहेकी ३५ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाकाले बताए ।
उनका अनुसार मृतक महिलाका दुवै किडनी फेल भएकाले भारतबाट घर ल्याइएको थियो । ती महिला केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी थिईन ।
श्रीमान र छोरासहित घोडाघोडीमा आफन्तको घर आएकी थिइन्, ‘श्रीमान र छोरामा कोरोना भाइरसको संक्रमण देखिएपछि महिलालाई पनि वडा नम्बर ११ को आइसोलेशनमा राखिएको थियो, सोमबार साँझ उनको मृत्यु भएको छ ।