आलितालमा काठ तस्करी गर्ने नियतले सडक निर्माण : प्रदेश संसदीय समिति

बोलन्या थली | ८ भाद्र २०७७, सोमबार
आलितालमा काठ तस्करी गर्ने नियतले सडक निर्माण : प्रदेश संसदीय समिति

धनगढी : डडेल्धुराको आलिताल गाँउपालिका–८ मा निर्मित डोला चक्रपथ सडक रुख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको पाईएकोे छ । सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले गरेको स्थलगत अध्ययनबाट आएको हो । 

डोला चक्रपथ सडक निर्माणका क्रममा अवैध रुपमा सालका रुखहरु काटिएको बिषयमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले आईतबार स्थलगत अध्ययन गरेको थियो । 

प्रदेशसभा सदस्य दिर्घराज सोडारीको नेतृत्वमा आएको पाँच सदस्यीय संसदीय समितिले सोमबार डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै वातावरणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएको डोला चक्रपथ सडक काठ तस्करी गर्ने नियतबाट निर्माण गरिएको बताए ।

अध्ययनका क्रममा जंगलमा चक्रपथ निर्माण गर्न आवश्यक नदेखिएको र नियोजित रुपमा रुख काटेर तस्करी गर्न सडक निर्माण गरिएको संसदीय समितिले जनाएको छ ।

स्थलगत अध्ययनका आधारमा छानबिन प्रतिवेदन तयार गरेर दोषी निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याईने प्रदेशसभा सदस्य दिर्घराज सोडारीले बताए ।

डोला चक्रपथ सडक निर्माणका लागि गाँउ सभाबाट कुनै निर्णय भएको नपाइएको र अवैध रुपमा वन फडानी गर्ने मनसाायका साथ काम भएको पाइएको संसदीय समितिका अर्का सदस्य महेशदत्त जोशीले बताए । 

आलिताल गाँउपालिका अन्र्तगतको गोदाम बजारदेखि डोलागाउँ जोड्ने सडकको निर्माणका क्रममा सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा रहेका रुखहरु अवैध रुपमा काटिएका हुन् । 

आलिताल गाँउपालिकाको समपूरक कोष अन्र्तगत निर्माण सुरु गरिएको सडकमा रहेका रुखहरु वन कार्यालयको अनुमती विना कटानी गरी गोलिया बनाएर लुकाई राखेको अवस्थामा फेला पारेको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त डिभिजनल वन अधिकृत डबलबहादुर बोहराले जानकारी दिए 

जनाअवजको टिप्पणीहरू