फुड बैंक प्रभावकारी बन्दै : हुनेले दिएर जाने, नहुनेले लिएर..


धनगढी : एउटा सटरमा हातले लेखिएको फुड बैंक- हुनेले दिएर जाऔं, नहुनेले लिएर..राखिएको सूचनाको सामाजिक संजालमा धेरैले प्रशंसा गरेका छ्न । मोरङको केराबारी गाउँपालिका भवनअगाडि एउटा सटरमा लिएर तरुण दलका स्थानीय अध्यक्ष पप्पु साहले यो अभियान चलाएका हुन।
सटरबाहिर बिहान ९ देखि १० बजेसम्म एउटा टेबल हुन्छ। टेबलमाथि चामल, दाल, तेल, नुन र सोयाबिनका पोका छन्। यी सामग्री लिन बिहान एक घन्टा लाम लाग्छ।
कोरोना महामारी र लकडाउनले दैनिकी ज्याला-मजदुरी गरेर खानुपर्नेलाई एक छाक टार्न सहजका लागि सक्नेले आफूसँग भएका खाद्य सामग्री उपलब्ध गराउने र त्यही सामग्री नहुनेलाई नि:शुल्क बाँड्ने उद्देश्यले यो अभियान सुरू गरिएको तरुण दलका स्थानीय अध्यक्ष पप्पु साहले बताए।
फुड बैंकले २ किलो चामल, १ प्याकेट नुन, आधा लिटर तेल, आधा किलो सोयाबिन र आधा किलो दाल वितरण गर्दैछ। अहिलेसम्म
४ सयभन्दा बढीले राहत लगिसकेको उनले बताए ।