नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु


धनगढी : नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका एक पुरुष र सप्तरीका एक पुरुष र पर्साका एक महिला र दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
यो सँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ।