खानेपानीका इन्जिनीयर साह रङ्गेहात पक्राउ

बोलन्या थली | २६ श्रावण २०७७, सोमबार
खानेपानीका इन्जिनीयर साह रङ्गेहात पक्राउ

काठमाडौ साउन २६,

नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई दुई लाख ३३ हजार पाँच सय रुपैयाँ र बैंकमा जम्मा गरेको रआठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

जनाअवजको टिप्पणीहरू