बाजुरामा घर बगाउदा वडाध्यक्षकी आमा बेपत्ता
![](https://bolanyathali.com/wp-content/themes/bolanya/img/bolanya-face-sm.png)
![बाजुरामा घर बगाउदा वडाध्यक्षकी आमा बेपत्ता](https://bolanyathali.com/wp-content/uploads/2020/08/badhi-bajura-5.jpg)
बाजुरामा आईतबारदेखि परेको अविरल वर्षापछि बुढिगंगामा आएको नदीले घर बगाएको छ । नदिमा आएको बाढीले बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महतकी आमा अइसेनी महत बेपत्ता भएकि हुन् ।
सोमबार बिहान नदीले घर बगाउँदा ६५ बर्षिया आमा बेपत्ता भएकी अध्यक्ष डम्मर महतले बताए ।
त्यसै गरि २ नं वडाको भौनेला, ८ को नजाने, ६ को बीर खोला, जडङगम, र ४ को तिपडा पनि पहिरो तथा बाढीको उच्च जोखिममा रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय, नेपाली सेन, सशस्त्र प्रहरीको टोलीले वेपत्ता महतको खोजी कार्य तथा अन्यको उद्धारको काम गरिहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
![](https://bolanyathali.com/wp-content/uploads/2024/09/maya-metro_0_20230425175647.gif)