मायामेट्रो अस्पतालमा उपचार बैतडीकी एक गर्भवती महिलामा कोरोना पुष्टि

बोलन्या थली | २५ श्रावण २०७७, आईतवार
मायामेट्रो अस्पतालमा उपचार बैतडीकी एक गर्भवती महिलामा कोरोना पुष्टि

धनगढी  २५ साउन । धनगढीमा रहेको मायामेट्रो अस्पताल धनगढीमा उपचार बैतडीकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिका ३ की १९ वर्षीय महिलामा आइतबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

उपचारका लागि डडेल्धुरा अस्पताल पुगेकी ती महिलाको यही साउन २३ गते स्वाब संकलन गरिएकोमा आइतबार कोरोना पुष्टि भएको उनले बताए ।

स्क्रब टाइफस भएपछि ती महिलालाई अस्पताल पुर्‍याइएको र उनमा कोरोना समेत पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

ती महिलाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको भएपनि कोरोना पुष्टी भएपछी सेती प्रादेशीक अस्पतालको आइशोलेशनमा भर्ना गरिएको  छ ।

जनाअवजको टिप्पणीहरू