बझाङको पहिरोमा वेपत्ता जेठाराको शव ३६ दिनपछि फेला

बोलन्या थली | २५ श्रावण २०७७, आईतवार
बझाङको पहिरोमा वेपत्ता जेठाराको शव ३६ दिनपछि फेला

बझाङ ।  बझाङको केदारस्यूँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा बेपत्ता भएका युवकको शव भेटिएको छ । गत १९ असार राति १२ बजे पहिरो खस्दा बेपत्ता भएका २१ वर्षीय गिरी जेठारा आइतबार मृत फेला परेका हुन् । 

उनको शव स्थानीय लोकबहादुर जेठाराको घर पछाडि ३६ दिनपछि पुरिएको अवस्थामा फेला परेको गाउँपालिका विपद व्यवस्थापन समिति संयोजक सुरेश जेठाराले बताए ।

उनका अनुसार स्थानीय लोक जेठाराले घर वरिपरि पसेको ढुङ्गा माटो हटाएर घर सफा गर्ने क्रममा आइतबार दिउँसो शव देखेको बताए । गत १९ असार राति १२ बजे पहिरो खस्दा एकै परिवारका ७ जना बेपत्ता भएका थिए  ।

जनाअवजको टिप्पणीहरू