कैलालिमा भन्सार छलेर ल्याउदै गरेको सामान सशस्त्र प्रहरीद्वारा बरामद
बोलन्या थली |
२५ श्रावण २०७७, आईतवार
धनगढी : कैलालिमा भन्सार छलेर ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–१० को सुडाघाट र कैलारी गाउँपालिका–५ को शिवरत्नपुर इलाकाबाट सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरीले ६० हजार ५७० रुपैयाँ बराबरको लत्ताकपडा र हार्डवेयरको सामान बरामद गरेको जनाइएको छ ।
बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सारमा दाखिला गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जानकारी दिएको छ ।