भारतद्वारा नेपाली सेनालाई १० थान भेन्टिलेटर सहयोग

बोलन्या थली | २५ श्रावण २०७७, आईतवार
भारतद्वारा नेपाली सेनालाई १० थान भेन्टिलेटर सहयोग

काठमाडौं : भारतले नेपाली सेनालाई १० थान भेन्टिलेटर सहयोग गरेको छ । आईतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन । 

कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७ को सफल कार्यान्वयनमा सहयोग पुर्याउ्ने उद्देश्यले भारतद्धारा नेपाली सेनालाई दुई करोड ८० लाख भारतीय रुपैयाँ वराबरको उक्त भेन्टिलेटरहरु उपलब्ध गराएको हो ।

प्रधानसेनापति महारथी थापाले मित्रराष्ट्र भारतको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए । 

जनाअवजको टिप्पणीहरू