सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि

बोलन्या थली | २४ श्रावण २०७७, शनिबार
सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा आज थप १० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ७ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण ३ जना गरी आज थप १० जनामा संक्रमण पुष्टि भएको हो ।सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि भएको छ। 

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको  परीक्षणमा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। कूल ३ सय ७८ जनाको स्वाब परीक्षण गरिएकोमा ३ जना केदारस्यू गाउँपालिका–६ का २२, २३ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको  अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।

यता सेति अस्पतालको प्रयोगशालामा गरिएको ५ सय ७ जनाको स्वाब परीक्षण गरिएकोमा ७ जनाको कोरोना रिर्पोट पोजेटिभ आएको सेति अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । 

जनाअवजको टिप्पणीहरू