सुदूरपश्चिममा ४९०९ कोरोना संक्रमित, ३९३८ जना डिस्चार्ज

बोलन्या थली | २४ श्रावण २०७७, शनिबार
सुदूरपश्चिममा ४९०९ कोरोना संक्रमित, ३९३८ जना डिस्चार्ज

धनगढी : सुदूरपश्चिममा शुक्रवार थप १९ जनामा कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ९ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८४, अछामका सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय ७१, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ९३ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट थप दुई सय ७६ कोरोना संक्रमित डिस्चार्ज भएका छन ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कोरोना मुक्त भएर थप २ सय ७६ जनालाई डिस्चार्ज भएका छ्न । कैलालीका २ सय २२, अछामका ५३ र बैतडीका १ जनालाई डिस्चार्ज भएका छ्न ।योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार नौँ सय ३८ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू