शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ।
शुक्रबार ४२५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन्। यस्तै नेपालमा कोरोना संक्रमणका कारण कारण थप ५ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५ जनाको मृत्यु भएसगै नेपालमा अहिले सम्म मृत्यु हुनेको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल संक्रमित मध्ये शून्य दशमलव ३ प्रतिशत व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।