नेपालमा पहिलो पटक कोरोना संक्रमितको प्लाज्माथेरापी विधिबाट सफल उपचार
बोलन्या थली |
१८ श्रावण २०७७, आईतवार
काठमाडौं, साउन १८ । नेपालमा पहिलो पटक संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट गरिएको उपचार सफल भएको छ ।
काठमाण्डौस्थित त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट विराटनगरका ६५ वर्षीय कोराना संक्रमितलाई उपचार गरिएको हो ।
उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका थिए । अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा।डा। सन्तकुमार दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले पनि स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । उनलाई अब आईसीयूबाट निकाल्ने तयारी भइरहेको छ । ‘सुरुमा संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनु परेको थियो’ डा। दासले भने ‘प्लाज्मा थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजन दिनुपरेको छ।’ सांकेतिक फोटो….