कांग्रेस वरिष्ठ नेता पौडेलसँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता
बोलन्या थली |
१३ श्रावण २०७७, मंगलवार
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
पौडेल निवास बोहराटारमा आज राजदूत यान्छी र पौडेलबीच भेटवार्ता भएको हो ।
सयौं वर्ष पहिले देखिको नेपाल र चीन बीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेट भएको बताइएको छ ।
भेटमा वीपी कोइराला र माओत्से तुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धको चर्चा गर्दै, चीन सरकारले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई यसको नियन्त्रणका लागि यथेष्ट सहयोग गर्ने बारे चर्चा भएको पौडेलले जानकारी गराएका छन् ।