नेकपाको स्थायी कमिटी बठैक फेरि स्थगित


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज बस्ने भनेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । file photo