फुर्सद , ज्ञान र मन !

बोलन्या थली | ६ श्रावण २०७७, मंगलवार
फुर्सद , ज्ञान र मन !

दिलिप कुमार थापा

हाम्रो समाजमा बच्चा जन्मने बितिक्कै बुढाे हुन्छन। बुढाे यस अर्थमा कि समाज र परियारबाट बच्चाले सम्भव छ ,गर्न सकिन्छ भनेर कहिल्यै सिक्दैन। मानौं सानो बच्चाले आफ्नो बाबालाई भन्छ कि ? बाबा” म हवाइजहाज चढ्छु।” हुन्छ नि बाबू तिमी ठुलो भएर हवाइजहाज चढ्ने मात्रै होइन किन्न पनि सक्छौं भन्नुको बदला बाबुले जबाफ दिन्छ “हत्! हामी गरिबले कहाँ हवाजहाज चढ्न सकिन्छ?” हवाइजहाज हामी चढ्न बनाइएको हैन रहेछ । यो त भुइबाट दुरबिन लगाएर हेर्ने र कागजको बनाएर उडाउन मात्र बनाएको रहेछ। अर्को पटक छोराले म कार चढ्छु भन्दैन कि बरु मनबाटै अन्दाज लगाउछकि सडकमा गुडाइएका चिल्ला कार चढ्न कहाँ हामी लाई बनाइएको हो त ? ती त बर्षायममा हामी सडकबाट हिंड्दा हिलो छ्याप्न पो बनाइएको हो त।
बच्चाले भन्छ” आमा म रुख चढ्छु।” हुन्छ बाबू तिमी होशियार भएर चढ् म मद्दत गर्छु भन्नुको साटाे आमाले भन्छिन् नचढ् है नचढ् फेरि खसेर मर्लास मर्लास । बच्चाले कहिल्यै रुख चढ्ने पर्यत्न गर्दैन ,रुख चढेर कहिल्यै फलफुल टिपेर खाँदैन। मानौं घरमा नयाँ कम्प्युटर ल्यायो , घरमा सानो छोराले कम्प्युटर अन गरेर चलाउन शुरु गर्यो भने उसको बाबुले भन्छ ए केटा नछो् नछो् तैले कम्प्युटर चलाउन जाँन्दैनस ।

मानौं छोरो परिक्षामा फेल भयो ।बाबुले के भन्छ छोरालाई दिमागमै गोबर भरिएको छ अनि कसरी यसलाई पढाई आउँछ यसले पढेर कहिल्यै खाँदैन। मानौँ छोरो अलिकति हुर्कियो र बाबुलाई भन्यो, “कि मलाई अलि पैसा खोजिदिनुहोस म ब्यापार बिजिनेस गर्छु ” ,बाबाले भन्नू हुन्छ पढाई सढाइ आलु छ गर्छस बिजिनेस। तैले केही गरि खाँदैन । यसरी हाम्रो भर्जिन दिमागमा परिवारले नै निरिहता छरेर जन्मजात नै अपांग बनाइएको छ। हामीलाई यस्तो ढंगले कंन्डिसनिङ गरिएको छ कि हामीलाई हरेक कुरा असम्भव जस्तै लाग्छन् ।समाज र परिवारले हामीलाई हात्तीलाई झैं कंन्डिसनिङ गरिएको छ। जब हात्ती भख्खर भख्खर जन्मेको हुन्छ त्यो बेला उसलाई मोटो साङ्लोले खुट्टामा बाधिएको हुन्छ। बच्चा अबस्थामामा रहदा हात्तीले उक्त साङ्लो छिनाउन निकै प्रयास गर्छ तर जत्ति जत्ति पटक उ साङ्लोको बन्धनबाट उम्किन खोज्छ त्यत्ति त्यत्ति पटक साङ्लो उसको खुट्टाबाट तरतरि रगत बगाइदिन्छ र असहैय पिडा हुन्छ। यसरी सयौं प्रयासमा पनि नछिने पछि हात्तीको बच्चालाई के लाग्छ भने बास्तबमा जति प्रयास गरेपनि मैले यो साङ्लो कहिल्यै नछिन्न नसक्ने रहेछु। यो बन्धन नै मेरो जीवन रहेछ भनेर उसले साङ्लो समक्ष आत्मसमर्पण गर्न पुग्छ। जब हात्ती हुर्किदै जान्छ हुर्किदै जान्छ शरीरमा शक्ति भरिदै जान्छ तब पछि यस्तो लाग्छकि त्यो साङ्लो उसको सामर्थ्य अगाडि केही झैँ पनि हुँदैन उसले एक झड्का लगायो भने मात्रै उक्त साङ्लो तोडेर भाग्न सक्छ तर हात्ती बुढाे हुँदा सम्म पनि उ बन्धन भित्रै कैद गएर बस्छ यहाँ सम्मकी उसको गोठमै आगो लागे पनि उ जलेर मर्छ तर साङ्लो तोडेर भाग्दैन। आखिर किन त ? किनभने जब उसलाई भाग्ने चेस्टा मनमा आउँछ बच्चा बेला दुखेको घाउ पिडा सम्झिन्छ र साङ्लो तोडेर स्वतन्त्र हुने प्रयास नै गर्दैन । जसरी हात्तीले आफ्नो क्षमताको बाबजुत पनि स्वतन्त्र हुने सपना छोडिदिन्छ। त्यसरी पनि हामी सपना देख्न छोडिदिएको हुन्छौ। बास्तबमा सपनाले मात्र हुर्काउछ ,फलाउछ र फुलाउछ । जुन बेला हामी बच्चा थियौं त्यो बेला हामीलाई कसैले के भन्छौं भनेर सोध्यो भने
हामी डाक्टर भन्छौं ईन्जिनियर वा प्रधानमन्त्री भन्छौं आदि केही न केही भन्छौं । दिवासपना नै भएपनि कम्तीमा हामी संग सपना त थियो । तर हुर्किदै गरेपछि सपना देख्न पनि बिर्सिसक्यौ। बाल्यकालमा जब हामी चित्र कोर्न थाल्यौ ,कस्तो चित्र कोर्थ्यौं हामीहरु चार पाँच हात भएका मान्छेहरु , चार पाँच खुट्टाहरु नै बनाइदिन्थियौं। हिमालको पनि नाक अँाखा ,मुख र जुँघा बनाइदिन्थियौं। हेर्नुहोस त हामी सिर्जनामा कति कल्पनाशिल र स्वतन्त्र थियौं हामीहरु । जब हामी बिस्तारै हुर्किदै गयौं तब हामीले आफ्नो सिर्जना भुल्दै गयौं । हामीले पढेको र देखेको सम्पुर्ण कुरा झुठा जस्तै लाग्छन् जुन गलत हो ।पटक्कै कल्पना गर्दैनौं केबल तथ्यहरुमा मात्र बाचीरहेका छौं । इतिहास हेर्ने हो भने दुनियाँ सिर्जनशिल र कल्पनाशिल युबाँहरुकै कारणबाट यो स्थिती सम्म आइपुगेको हौं । जुन बेला मानिसहरु आकाश त केबल
चराहरु मात्र उड्नको लागि पो भन्थें । त्यो बेला मानिसहरु आकाशमा उडेको देखें। जुन बेला मानिसहरु पनि टेलिफोन आबस्यक चिज हो र भन्थें त्यो बेला ग्राहम बेलले हरेकको घरघरमा टेलिफोनको सेट प्रयोग गरेको देखें । सुर्यले पृथ्बिलाई घुम्छ भनेर साराले भनेको बेला ग्यालिलियोले पृथ्बीले सुर्यलाई घुमेको देखें । माथिका उदाहरणमा उल्लेखित लियोनार्दो भिन्ची ,ग्राहम बेल र ग्यालिलियो हुन जो फरक धारमा बग्ने शाहस गरे ।


त्यसपछि अनेक कुरा खेल्दै थियो मनमा म पनि डिग्री होल्डर र सिक्षित मान्छे म मा धेरै कुराको ज्ञान छ ।केही गर्ने हिम्मत छ, केही गर्ने साहस छ।चान चुने मान्छे हुँदै होइन म यस्तै यस्तै लाग्थियो मलाई। एकदिन जान्न्न मन लाग्यो आफुले के के जानेको छु ! के के बुझेको छु भनेर । आफ्नो दिमाग पद्दै गए बुझ्दै गए ! मौलिकता केही भेटिन । मलाई त्यहीँ त्यहीँ कुरा थाहा रहेछ जति अरुले सिकाए ।त्यति मात्र ज्ञान रहेछ छ जति महिले पढेको रहेछु। अझ पढेको सबै पनि हैन।छक्क परे!!
एक्छिन अघि सम्म ममा डेरा जमाएर बसेको अहंकार छिनभरमै चक्नाचुर भयो। एक्छिन अघिसम्म भरीपुर्ण आफू एकाएक खाली भएजस्तो लाग्यो । मैले आफूमा मौलिकता भेटिन ।नयाँ केही भेटिन लाग्यो म केही हैन।
जिज्ञासा जाग्यो ,आफ्नै दिमागलाई खोतलेर हेर्ने ।खोतल्दै गए आफ्नो बिचार भन्दा अरुकै बिचार धेरै भेटें ! फलानोले भन्यो । डिस्कानोले भनेको।छान्न मन लाग्यो दिमागमा भरिएका कुरा। सोछे जे आफ्नो मौलिक सोच छ त्यो राख्ने छु अरु सबै फाल्ने छु।अनि छान्न थाले एक एक कुरा के दिमागमा राखौं क फालौ भनेर।केलाउदै गए अरुले सिकाएका कुरा। अरुले पढाएका कुरा । छक्क परे !! आफ्ना तर्क ,बिचार ,रहर सोच केही छैन । अघि सम्म भरिएको दिमागपुरै रित्तिएको थियो। म अलमल्ल परे !अब खाली दिमाग लिएर हिंडाैं या एक एक घरी निकालेका सबै कुरा दिमाग भित्रै हालौं ? सबैलाई अरुकै कुरा जान्न र पढ्न मन छ तर कसलाई फुर्सद छैन आफ्नो मन र दिमाग पढ्ने।
मलाई ढाह लाग्दैन धेरै पढ्ने संग!! हातमा किताब , मनमा उत्साह र समय हुने हो भने जसले पनि पढ्न सक्छ तर खै त मौलिकता !!

सानै देखि घोकेर पढेको यो दिमाग अहिले सम्म धेरै जनाका थरी थरीका सिद्धान्तहरु घोग्दै आएको छु र घोग्नै पर्छ ! दिमागलाई दबाब दिनै पर्छ।नत्र परिक्षामा कसरी लेख्ने ?
बिज्ञानमा त अझ कति कुरा जस्ताको त्यस्तै लेख्नु पर्छ।नघोकेर सुकै पाइदैन। बुझेर पढ्नु पर्छ भन्दै घोग्न बाध्य बाध्य बनाउने यो शैक्षिक प्रणालिले यति सम्म घोकायो कि मलाई आफ्नै हैन अरुकै कुरा आउछँन।म भित्रै अरुकै सोचाँइ घुमिरहन्छन र बोल्दा पनि अर्कैको सिद्धान्त बोल्ने गर्छु।

त्यत्ति बेला न्युटनले स्याउ खसेको देखें र सोचें रे!! स्याउ माथी फाल्दा फेरि किन तल खस्यो ? उनले रुखबाट खसेको स्याउ हेरेर गुरुत्वआकर्षणको सिद्धान्त पत्ता लगाए जुन चानचुने कुरो हुँदै हैन।न्युटनले पत्ता लगाएको कुरा महिले पढ्े थाहा पाए ..जे कुरा माथी फालियो भने तलै खस्छ।अँखा अगाडि माथी बाट कति चिज खसे म मा कहिलै कुनै सोच आएन । त्यति जाबो किन खस्यो भन्ने प्रश्ननले नयाँ सिद्धान्त प्रतिबादित भयो।
न्युटनको नयाँ सोच आयो ! नयाँ सोच मौलिकपनको महत्त्व हुन्छ।नयाँ कुरा फलाउन नयाँ बीउ रोप्नु पर्छ।त्यसैले मेरो दिमाग रित्तो लाग्छ जहाँ कुनै नौलोपन छैन ,मात्र अरुका भनाई छन ,अरुका कुरा छन। यसतो लाग्छ म म नै हैन।
एक थरी दङ्ग छन धेरै पढेकाे छु भनेर। एक थरी जिल्ल छन कसरी पढ्छन भनेर । एक थरी खिन्न छन किन पढे भनेर ।
सबैलाई अरुकै कुरा जान्न र पढ्न मन छ। हातमा किताब मनमा उत्साह र समय भए किताब जो ले पनि पढ्न सक्छन तर खै त मौलिकता?
फ्रायडले भनेको मान्छेको सोच यस्तो हुन्छ रे ,उस्तो हुन्छ रे!! हामीले अरुको बारेमा बुझ्न् अरुको कुरा पढनु पर्छ र पढेर भन्छौं ।ओहो!! कस्तो मिलाको म पनि त्यस्तै छु नि।फ्रायडले हाम्रो दिमाग पढेर बताए। हामी उनलाई पढ्छौं आफुलाई बुझछौं।”फरक यती हो नयाँ नयाँ मौलिक सोच हुनु र नहुनुको” । फ्रायडले दुनियाँलाई मनको बारेमा बताए । हामीले कसरी सोच्छौ!? किन सोच्छौं? के कारणले सोच्छौं?
उनले सबैको लागि नयाँ सिद्धान्त दिएर गए।हामी उनको सिद्धान्तमा आफुलाई मिलाउन खोज्छौं र हो मा हो भन्दै जान्छौं ।खै त हामीले आफुलाई बुझेको ।

रमाइलो कुरा त के हो भने संसार नै बुझे जसरी कुरा गर्ने मैले आज सम्म आफुलाई चिनेको रहेनछु।कसैले तिमी को हौं भनि सोधिंहाले गमक्क परेर नाम बताउछु। अरुले राखिदिएको नाम। मेरो परिचय पनि अरुले नै बताएको हुन मलाई। के घमण्ड गर्नु किन गर्नु ,म के नै हौं र ? घमण्ड गर्न लायक नै के छ र ?

त्यसकारण हामी अरु जसो हैनकि आफै जसो ( आफ्नै मौलिकता ) मा र फरक धारमा सोच्न ,बाच्न सक्यो भने हाम्रो आफ्नै परिचय पक्कै बन्छ र हुनेछ।

जनाअवजको टिप्पणीहरू