मान्छे किन आत्महत्या गर्छ ?

बोलन्या थली | १६ असार २०७७, मंगलवार
मान्छे किन आत्महत्या गर्छ ?


म‌ंगल रेग्मी

(लेखक अमेरीकाको विल्मिंटन विश्वविद्यालयमा कम्प्यूटर साइन्सका स्नातकोत्तर हुन् ।)

संसारका हरेक देशमा आत्महत्या एक ठूलो समस्या बनेको छ । नेपालमा पनि कोरोना महामारीभन्दा कौयों गुणा बढी मृत्यु अहिले आत्महत्याका कारण भइरहेको खबर हामी सुनिरहेका छौं । नेपालभित्र मात्रै हैन अन्य मुलुकमा पनि यो दर बढ्दो छ । अमेरिकामा मात्रै बर्ष भरिमा करिब ३० हजार व्यक्तिले आत्महत्या गरेको २०१० को तथ्याङ्कले बताउछ । त्यो संख्या अहिले आएर झन्डै बार्षिक ५० हजारको हाराहारीमा पुगेको छ ।

मान्छे आत्महत्या किन गर्छ त ? यो प्रश्नबारे आम मानिसका आफ्नै बेतुकका धारणाहरु हुने गर्छन् । यहाँ मैले आम मानिसका नभएर गहन अनुसन्धान र अध्ययन गरेका अनुसन्धानकर्ताका धारणाहरु समेट्ने कोसिस गरेको छु ।

केही वर्ष अगाडि मेन्टलहेल्थ नेटले प्रायोजन गरेको र वाइज काउन्सेलले आयोजना गरेको एक कार्यक्रममा फ्लोरिडा स्टेट युनिभर्सिटीका रिसर्च प्रोफेसर डा. थोमस जोइनरसँग ‘मान्छेले आत्महत्या किन गर्छन्’ भन्ने बिषयमा एक अन्तर्वार्ता लिएको थियो । डा. जोइनर प्रिन्सटन कलेजका ग्राजुएट अनि युनिभर्सिटी अफ टेक्ससबाट क्लिनिकल साइकोलोजीमा बिधाबारिधि हुन् । डा. जोइनर अहिले फ्लोरिडा स्टेट युनिभर्सिटीको साइकोलोजी बिभाग अन्तर्गत मनोविज्ञान, न्यूरोबायोलजी, र आत्मघाती व्यवहार र सम्बन्धित अवस्थाको अध्ययन र उपचार गर्ने गर्छन । साइकोलोजी सम्बन्धित थुप्रै पुस्तकहरु लेखेका, थुप्रै फेलोसिप पाएका र थुप्रै सम्मानले सम्मानित डा‍. जोइनरसंग क्लिनिकल साइकोलोजिस्ट डा. डेविट वान नुय्सले कुरा गरेका थिए । यस अन्तर्वार्ताका क्रममा डा. जोइनरसंग थुप्रै प्रस्नहरु सोधिएका थिए , जसमध्य उनले दिएका केही चाखलाग्दा, महत्वपूर्ण र जान्नै पर्ने कुराहरु यस्ता थिए ।

डा. जोइनले ‘मान्छे आत्महत्या किन गर्छ ? भन्ने बिषयमा एक पुस्तक लेखेका छन् । उनले उक्त पुस्तकमा त्यसभन्दा अगाडिका आत्महत्याका बिषयमा भनिएका कुराहरुभन्दा केही नयाँ सिद्धान्तहरु थपेका छन् । पुराना सिद्धान्तहरुमा आत्महत्या गर्नुको मुख्य कारण मनोवैज्ञानिक पीडा र निराशा भनिएका थिए । तर डा. जोइनरका अनुसार यी कारणहरु अति सामान्य कारण थिए । उनी अगाडी भन्छन्, उनको खोजको उद्धेश्य सामान्य भन्दा पनि निश्चित कुरा खोज्नु थियो । ती सामान्य कारण बाहेक केही विशेष कारणहरु पनि हुन्छन, जुन उनले आफ्नो ‘मान्छे किन आत्महत्या गर्छ ?’ भन्ने पुस्तकमा प्रस्ट्याएका छन् ।

मान्छे आखिर के कुराले पीडित हुन्छ र आत्महत्या गर्न बाध्य हुन्छ त ? भन्ने प्रस्नको जवाफमा उनी भन्छन्, कसैलाई पनि अरुमाथि आफु बोझ भएको महसुस हुनु, एक्लोपना, एकाकिपना र अलगपनाले पीडित हुन्छ मान्छे । यस बाहेक उनको पहिलेको भन्दा पृथक खोजले भन्छ, ‘आत्महत्या दु;ख, चोट र मृत्युको बारेमा निडरताको भाव पनि हो। ‘उनी भन्छन्, हामी आत्म संरक्षक गर्ने प्राणि हौँ । हामी आफूलाई चोट दिने, दुखाउने वा मृत्यु दिने कुराहरुदेखि डराउछौं पनि । त्यसैले आत्महत्याद्वारा आफूलाई मार्न सक्नु भनेको बास्तवमै एक डरलाग्दो कार्य हो । यसो गर्नका लागि कतै न कतै निडरता आवस्यकता पर्छ । यो कुरा यसभन्दा पहिलेका अनुसन्धानमा उपेक्षा परिएको थियो ।

के आत्महत्या कायरता हो त ? जवाफमा उनि भन्छन्- आत्महत्याका सन्दर्भमा यो एक गलत अवधारणा हो । कुनै पनि डरलाग्दो कार्य गर्न निडरता हुनु आवस्यक हुन्छ । यसो भनि रहदा, आत्महत्या गर्नु एक गौरवको बिषय हो भन्न खोजेको हैन । बरु यो भयाबह र कस्टकर हुन्छ । बास्तविकता चै त्यही हो कि यस्तो भयाबह र कस्टकर कार्य गर्न निडरता चाहिन्छ नै ।

उनी आत्महत्या सम्बन्धि आफ्ना खोजका मुख्य ३ आधार बताउँछन्- पहिलो आत्महत्या गर्ने व्यक्तिले आफु अरुमाथि बोझ भएको महसुस गर्नु । दोश्रो, एक्लो पन, एकाकिपन र तेस्तै तेस्तै किसिमको ब्यबहार, र तेश्रो भनेको निडरता महसुस गर्नु हो । समग्रमा यी सबै सिद्धान्तहरुलाई समेट्ने हो भने उनको अध्ययनले भन्छ- मान्छे आत्महत्या तब गर्छ, जब उसलाई आफु आफुले माया र बिस्वास गरेको व्यक्तिमाथि बोझ भएको महसुस गर्छ । आफ्नो हेरचाह गर्ने मान्छेलाई आफ्नो मृत्यु आफ्नो जीवनभन्दा बढी माइने राख्छ भन्ने धारणा आउन थाल्छ । यो सत्य नभए पनि, उनीहरुले यसैलाई नै सत्य ठान्छन र आत्महत्या गर्ने विचार गर्छन । यसबाहेक, एक्लोपनको महसुस हुने र डिप्रेसन भएका व्यक्तिमा आत्महत्याको बिचार आउनु सामान्य हो । समग्रमा अघि भने झैँ दुखाइको निडरता, चोटपटकको निडरता अनि मृत्युको निडरता, एक्लोपन, आफु अरुमाथि बोझ भएको महसुस हुनु नै समग्रमा आत्महत्याका प्रमुख कारण हुन् । यो सिद्धान्त अनुसार मान्छेले आत्महत्या गर्न एक्लोपन, अरुमाथि बोझ भएको महसुस र निडरता तिनै कुरा एकै पटक आउनु पर्छ ।

डा. जोइनरको खोजले एक चाख लाग्दो कुरो के पनि पत्ता लगाएको छ भने, महिलाहरूभन्दा पुरुषहरू आत्महत्याबाट मर्ने बढी सम्भावना हुन्छन्, जबकि महिलाहरूले आत्महत्या गर्ने प्रयास गर्ने सम्भावना पुरुषको भन्दा बढी हुन्छ तर बाच्छन् । उनी भन्छन्- आत्महत्या जाति बिसेष र बंश बिशेसमा पनि फरक हुने गर्छ ।

आत्महत्यामा मानसिक दुर्बलता जस्तो कि डिप्रेसन अनि पागल पनको के भूमिका हुन्छ भन्ने प्रश्नमा डा. जोइनर भन्छन, ९०५ केसमा आत्महत्या गर्नेहरुमा मानसिक दुर्बलता भएको पाइएको छ । अझै भनौ सत प्रतिसत केस कुनै न कुनै किसिमको मानसिक दुर्बलता कै परिमाण हुन् । सबै मानसिक बिरामीले आत्महत्या गर्छन भन्नु गलत हो, तर सबै आत्महत्या गर्नेहरु प्राय मानसिक बिरामी भएको पाइएको छ ।

के आत्महत्या गर्न सक्ने व्यक्तिमा कुनै पुर्व संकेत हुन्छन त रु यस प्रस्नको उत्तरमा डा। जोइनर भन्छन, कसैले आफु मर्न चाहन्छु भन्नु, मर्न चाहने उद्ध्स्यका बारेमा नोटहरु लेख्नु, मुल्यवान कुराहरु कसैलाई अनावस्यक रुपमा सित्तैमा दिनु । यी संकेतहरु चेतावनीका रुपमा हेरिनु पर्छ । यस बाहेक व्यक्तिका ब्यबहारमा आमुल परिवर्तन आउनु अनि कम सुत्नु संगै व्याकुलता देखिनु, व्यक्तिले आफ्नै छालामा असुविधा महसुस गर्यो भने यो एक खतरनाक अवस्था हो भन्ने बुझ्नु पर्छ ।

आत्महत्या रोक्ने सतप्रतिसत उपाए छ त रु डा. जोइनर भन्छन्- यो एकदमै जटिल बिसय हो र यसका लागि मस्तिस्क र मानव जिनको गहन अध्ययन जरुरि पर्छ, जुन अहिले सम्म भै सकेको छैन् । आत्महत्या सतप्रतिसत रोक्न सक्ने कुनै उपचार वा ब्यबस्था नभए पनि, यदि माथि उल्लेखित अवस्थाहरुमा तेस्ता संकेत देखिएका व्यक्तिलाई प्रेरणा दिनुका साथि केहि औषधि उपचारले धेरै हद सम्म आत्महत्या कम हुन सक्छ । यसबाहेक माथि उल्लेखित समस्याका बिसयमा सोची दिनु पर्छ । ती व्यक्तिहरु जो मानसिक तनाब संग जुधी रहेका छन् तिनीहरु संग बोलिदिने, हौसला दिने, साइकोलिजिस्टहरुसंग परामर्श गर्ने गर्दा धेरै हद सम्म समस्या समाधान हुन सक्छ । यस्ता बिरामीलाई धर्यताका साथ निरन्तर रुपमा सल्लाह र उपचार दिइनु पर्छ । अमेरिकामा त तेस्ता बिरामीहरुका सुबिधाकालागी कुरा गरिदिने सस्था नै खोलिएको छ । ती सस्थाहरुमा तालिम प्राप्त परामर्श दाता हुन्छन जसले बिरामीलाई उचित परामर्श दिने गर्दछन् ।

आत्महत्याका बिषयमा थुप्रै मिथक र गलत धारणाहरु पनि रहेका डा. जोइनरको भनाइ छ जुन उनले आफ्नो अर्को पुस्तकमा प्रकाशित गरेका छन् । आत्महत्या सम्बन्धि केहि गलत अवधारणा र मिथकहरु जस्तोकि आफैप्रति धेरै रिस उठेर आत्महत्या प्रयास गर्ने, बदलाको भावनाले आत्महत्या गर्ने भन्नेमा कुनै ठोस आधार नरहेको पनि उनि बताउछन । निरन्तर र धैर्यताका साथ उपचार गर्ने हो भने आत्महत्या गर्नु पर्ने मानसिकताको उपचार सम्भव हुन्छ । साइकोथेरापि संगै औसधिको पनि प्रयोग गरिने हो भने आत्महत्याको अवस्थामा निकै सुधार आउने उनको बिस्वास छ । यसका अलावा आत्महत्या प्रयास गर्ने, तेसो गरेर मर्ने र सम्बन्धित व्यक्तिका परिवारका सदस्य माथि पनि दया, माया गरिनु पर्छ । यदि दया मायाको बिचार र बैज्ञानिक बिचार संग संगै लिने हो भने आउने दिनहरुमा आत्महत्याका घटनाहरु हरेक बर्ष न्यून हुँदै जानेमा बिस्वस्थ हुन्छन उनी ।

डा. जोइनरका सबै भनाइहरु अत्ति नै सान्दर्भिक छन् । पिडित व्यक्ति र परिवार प्रति व्यक्तिगत गलत धारणा बनाएर तेही अनुरुप प्रस्तुत हुनु नितान्त संकीर्ण सोच हो । रोग कसैलाई पनि लाग्न सक्छ र जस्तो रोग पनि लाग्न सक्छ । मानसिक रोगिलाइ माया दिउँ, समय दिउँ र कुरा गरि दिउँ ।कसैलाई होच्याउने वा उसका असफलताहरु मात्रै केलाएर, उसका कमजोरीहरु मात्र दर्साएर मानसिक तनाब दिनु भन्दा उसका अफ्ठेरा समयमा साथ दिउँ र उसका हरेक प्रयासलाई हौसला दिउँ । यो नै आत्महत्या प्रयास बिरुद्दको अचुक औषधि हुन सक्छ ।

कारोबार पोस्टबाट !

जनाअवजको टिप्पणीहरू