पिसिआर र आरडिटीको परिक्षण मैले टुंगो लगाउने होइन : प्रधानमन्त्री ओलि
बोलन्या थली |
२८ जेष्ठ २०७७, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले पिसिआर र आरडिटीको विषय प्राविधिक भएको आफूले टुंगो गर्ने विषय नभएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभा बैठकमा सान्सदका उठेका प्रशनको जवाफ दिदै प्रधानमन्त्री ओलीले ती विषय प्राविधिक भएको टिप्पणी गरेका हुन्।
‘कतिपय विषय प्राविधिक विषय छन् जो राजनीतिक हिसाबले टुंगो लगाउने विषय हैनन्। कुन चिज प्रयोग गर्ने, पिसिआर गर्ने कि आरडिटी प्रयोगको विषय मैले भन्ने विषय होइन’, ओलीले भने, ‘यो प्राविधिकले भन्ने विषय हो। कुन प्रयोग गर्न सम्भव हुन्छ कुन हुन्न भन्ने कुरा।’
प्रधानमन्त्रीले संसदमा सांसदहरुले उठाएका बिभिन्न विषय तथा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै छ्न ।


