कोरोनाको कारणले थप एक जनाको मृत्यु
बोलन्या थली |
२७ जेष्ठ २०७७, मंगलवार 
कोरोनाको कारणले थप एक जनाको मृत्यु भएको छ ।चितवनको भरतपुर अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको हो ।
मृत्यु भएका व्यक्ती भरतपुर नगरपालिका-११ बस्ने ६८ वर्षका पुरूष भएको भरतपुर अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा राखेर उपचार गरिदैं आइएकोमा मंगलबार बिहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालको भनाइ छ।मृतकलाई पहिलादेखि नै सुगर तथा प्रेसरको समस्या थियो।


