डडेल्धुरामा आरडिटी परिक्षणमा एक सय ७४ जनामा पोजेटिभ
बोलन्या थली |
२७ जेष्ठ २०७७, मंगलवार
डडेल्धुरामा ¥यापिड टेस्टमा एक सय ७४ जनामा पोजेटिभ देखाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा ४० हजार ६ सय ८२ जनामा ¥यापिड टेस्ट गर्दा एक हजार पाँच सय तीन जनामा पोजेटिभ देखाएको हो।
सबैभन्दा बढि बैतडीमा चार सय २५ जनामा आरडिटी पोजेटिभ देखाएको छ। त्यसपछि कैलालीमा तीन सय २६, कञ्चनपुरमा एक सय ७९, डडेल्धुरामा एक सय ७४, बाजुरामा एक सय १०, डोटीमा एक सय नौँ, बझाङमा ८३, अछाममा ७७ र दार्चुला जिल्लामा २० जनामा एन्टिबडी देखाएको निर्देशनालयले सोमवार साँझ सार्वजनिक गरेको तथ्याङमा उल्लेख छ।