लकडाउनको अवधीमा १ हजार ९३ जनाले आत्महत्या, सुदूरपश्चिममा ११४ जनाले आत्महत्या गरे


नेपालमा लकडाउँनको अवधिमा आत्महत्या गर्नेको संख्या निकै बढेको छ । यो अवधीमा ६८ दिनमा १ हजार ९३ ले आत्महत्या गरेका छन् ।
नेपाल प्रहरीको यो तथ्याङ्कलाइ आधार मान्ने हो भने हाल नेपालमा दैनिक १५ जनाले आत्महत्या गरिरहेका छन् । अन्य समय भन्दा लकडाउनको अवधिमा भएको आत्महत्या सबैभन्दा धेरै भएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसार काठमाडौँ उपत्यकामा ६४,प्रदेश १ मा १ सय ७८,प्रदेश २ मा १ सय ५२,बाग्मती प्रदेशमा १ सय ६२,गण्डकी प्रदेशमा १ सय २० प्रदेश ५ मा सबैभन्दा धेरै २ सय ३७, कर्णालीमा ५८ र सुदुरपश्चिम प्रदेशमा १ सय १४ जनाले आत्महत्या गरेका छन् । मानसिक तनावका कारण सबैभन्दा धेरैले आत्महत्या गरेको प्रहरीको विश्लेषण रहेको छ ।