नेपाल ग्यालरीद्वारा स्वतन्त्र रास्ट्रको आवाज ;जन-आवाज कार्यक्रम गर्दै

बोलन्या थली | २४ जेष्ठ २०७७, शनिबार
नेपाल ग्यालरीद्वारा स्वतन्त्र रास्ट्रको आवाज ;जन-आवाज कार्यक्रम गर्दै

देशभरी सन्जाल रहेको सामाजिक कार्यमा सकृय संस्था नेपाल ग्यालरीले समसामायिक बिषयमा खुल्ला विचार कार्यक्रम गर्ने भएको छ ।
हाम्रो आवाज हाम्रो पहिचान; लिम्पियाधुरा, लिपुलेक र कलापानी हाम्रो गौरव हाम्रो स्वाभिमान भन्ने बिषयमा कार्यक्रम गर्ने भएको हो ।
उत्त कार्यक्रममा सहभागी हुनेले हालै नेपाल सरकारले नया नक्सामा कालापानी,लिम्पियाधुरा,लिपुलेक समेटेर बनाएको नक्सामा हाम्रो स्वाभिमान बिषयमा तार्किक स्वतन्त्र बिचार राखेर जुनसुकै उमेरकाके सहभागी भएर आफ्नो नाम,ठेगाना,सम्पर्क नम्बर र ब्लड ग्रुप पनि खुलाएर ३ देखि ६ मिनेटको भिडियो अथवा अडियो असार ५ गतेसम्म नेपाल ग्यालरीको पेजमा वा whatsapp नम्बर ९८४८७७६८९८ र इमेल Nepalgallery558@gmail.com मा पठाउन सकिने नेपाल ग्यालरीका केन्द्रीय संयोजक सागर जोशीले बताए । कार्यक्रममा सहभागीहरुले पठाएको बिचारलाई नेपाल ग्यालरीको पेजबाट भिडियो मार्फत शेयर,कमेन्ट र तार्किक शैलीको आधारमा निर्णायकको निर्णयबाट असार १८ गते बिजेताको घोषणा गरिने नेपाल ग्यालरीका संयोजक जोशीले जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू