‘बरालिएको सरकार ठेगानमा नआएसम्म नेपाली काँग्रेस सडकमै रहन्छ’ : थापा

बोलन्या थली | २९ मंसिर २०७७, सोमबार
‘बरालिएको सरकार ठेगानमा नआएसम्म नेपाली काँग्रेस सडकमै रहन्छ’ : थापा

धनगढी । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारलाई ठेगानमा ल्याएरै छोड्ने दाबी गरेका छन्। धनगढीमा सरकार विरुद्ध गरिएको प्रर्दशनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले केपी ओली नेतृत्वको सरकारले मनोमानी गरिरहेको भन्दै ठेगानमा ल्याएरै छोड्ने दाबी गरेका हुन्।

थापाको भनाइमा सत्ताधारी नेकपा लोभीपापीहरूको साझा मञ्च हो र सत्ताको लोभमा पुष्पकमल दाहाल र केपी ओली एउटै थलोमा आएका हुन्।  सरकारविरुद्ध तिखो आलोचना गरेका थापाले चुनौती दिँदै भने, ‘बरालिएको सरकार जबसम्म ठेगानामा आउँदैन् तबसम्म काँग्रेस सडकमै रहन्छ।, उनले सरकारले हावादारी गफ दिदै समय बिताएको आरोप लगाउँदै जनताको पक्षमा कुनै काम गर्न नसकेको बताए। बर्तमान सरकारलाई पटक–पटक सच्चिन सुझाब दिएपनि नसच्एिकाले बाध्य भएर सडकमा आउनु परेको उनको भनाई छ ।

हिन्दुराष्ट्र र राजसंस्थाका पक्षेमा पछिल्लो समय देशभर भईरहेको प्रर्दशनलाई लक्षित गर्दै थापाले युवाहरुलाई भने ‘राजाका पक्षेमा सडकमा निस्कनु युवाको अधिकार हो तर पंचायतकालमा मुर्ति बेचेर खाने मण्डलेले धर्म बचाउन सक्छन भनेर बिश्वास नगर्नुहोस ।’

उनले अहिले दलहरुले गरिरहेका गल्तीको खबरदारी गरि सच्चाउन लगाउनु पर्ने तर राजा आउ भनेर पछि नलाग्ने युवाहरुलाई आग्रह गरे । धनगढीको चौराहबाट शुरु भएको बिरोध र्‍यालीमा गाउँ गाउँबाट सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

जनाअवजको टिप्पणीहरू