रिदम रोकायाको पहलमा शिवपुरी धाम परिसर सरफाई


धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा सरसफाई गरिएको छ ।शनिबार नव युवा सञ्जालका युवाहरुले सरसफाइ गरेका हुन् ।
धाम परिसरमा फेहोर बढ्दै गएपछि युवा अभियन्ता रिदम रोकायाको संयोजकत्वमा सरसफाई गरिएको हो । बिहे गरेर जाऊ,फोहोर गरेर होइन, सभ्य नागरिकको परिचय दिउँ भन्ने नारा सहित सो क्षेत्रमा सरसफाई गरेका हुन्।
पछिल्लो समय शिवपुरी धाममा विवाह गर्नेको घुइँचोले गर्दा शिवपुरी परिसर जताततै फोहोर देखिने र घुम्न आउने व्यक्तिमा पनि नराम्रो प्रभाव पर्ने भएकाले नव युवा सञ्जालले सरसफाइ कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक रिदम रोकायाले बताए ।
आजको यस सरसफाइले सधैंभरि शिवपुरी परिसर सफा नरहे पनि हामीलाई सरसफाइ गरिरहेको देख्ने व्यक्तिले सरसफाइ गर्न नसकेपनि कमसेकम फोहोर त नगर्ला भन्ने आशा साथयो कार्यक्रम आयोजना गरेको रोकायाको भनाई छ ।
उनले आगामी दिनमा पनि यसरी नै विभिन्न क्षेत्र मा विभिन्न प्रकारका सामाजिक कार्यक्रम आयोजना गरिने र त्यसमा सम्पूर्ण युवाको साथ र सहयोगको अपेक्षा गरेका छन् ।