नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुग्यो

बोलन्या थली | १९ मंसिर २०७७, शुक्रबार
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ थियो ।पालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५६७ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू