सुदूरपश्चिममा पहिलो पटक भाटभटेनी सुपरमार्केटको २३ औं शाखा शिलान्यास

बोलन्या थली | १५ मंसिर २०७७, सोमबार
सुदूरपश्चिममा पहिलो पटक भाटभटेनी सुपरमार्केटको २३ औं शाखा शिलान्यास

धनगढी: सुदूरपश्चिममा पहिलो पटक भाटभटेनी सुपरमार्केटको २३ औं शाखा शिलान्यास भएको छ ।

सोमबार धनगढी उपमहानगरपालिका ३ बोराडाँडीमा निर्माण हुन लागेको भाटभटेनी सुपरमार्केट शाखाको शिलान्यास गरिएको हो ।

काठमाडौ उपत्यका भित्र ११ र उपत्यका बाहिर ९ शाखा रहेको भाटभटेनी सुपरमार्केटले अब उपभोक्तालाई मध्यनजर राख्दै सुदूरपश्चिम प्रदेशको ब्यापारीक केन्द्र बिन्दु धनगढीमा पनि संचालन हुन गहिरहेको भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले बताए ।

भाटभटेनी लागि छनोट गरिएको १५ कठ्ठा जमिनमा १ अर्वको लागतमा भाटभटेनीले दिदै आएको सेवामा थप २ वटा मल्टीप्लेक्स सिनेमा हल, केएफसी,क्याफेसहितका ७ तलाको भवन निर्माण हुने संचालक गुरुङले बताए ।

एक बर्षभित्र सुपरमार्केट भवन निर्माण गरि संचालनमा ल्याइने छ ।सुपरमार्केटमा २ सय जना भन्दा बढीलाई रोजगारी प्रदान गरिने संचालक गुरुङले बताए ।

जनाअवजको टिप्पणीहरू