सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु


कञ्चनपुर । सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
मंसिर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। उनी उच्च रक्तचाप र दम रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ।