धनगढीमा ‘स्ट्रीट पव्ज’द्वारा सडक कुकुरलाई बिस्कुट,पाउरोटी खुवाउदै लाईट बेल्ट बाध्यो
धनगढी : धनगढीमा ‘स्ट्रीट पव्ज’ले सडक कुकुरलाई बिस्कुट,पाउरोटी खुवाउदै लाईट रिफ्लेक्टिङ बेल्ट बाधेका छन् । सडक दुर्घटना न्युनिकरणका लागि भन्दै ‘स्ट्रीट पव्ज’को पहलमा कान्छा अभियन्ता केपी खनाल लगायत युवाहरुले सडक कुकुरलाई बिस्कुट, पाउरोटी खुवाउदै लाईट रिफ्लेक्टिङ बेल्ट बाधेका हुन् ।
रातिको समयमा सडक कुकुरका कारणले सडक दुर्घटना हुने जोखिम रहेकोले स्ट्रेट पव्स परिवारले लाईट रिफ्लेक्टिङ बेल्ट बाध्ने अभियान सुरु गरेको स्ट्रेट पव्सकी सन्चालक रितिका गुरुङले जानकारी दिईन । धनगढीको चौराहा,डोकेबजार सब्जिमण्डि क्षेत्रमा रहेका सडक कुकुरलाई बिस्कुट,पाउरोटी खुवाउनुका साथै लाईट बेल्ट बाधेको बताईन ।
धनगढी उप–महानगरपालिका ३ चटकपुरकि रितिका गुरुङले संचालन गरेको `स्ट्रीट पव्ज’ संस्थाले गर्दै आएको वेवारिसे कुकुरका लागि आस्रय, घाईते कुकुरको उपचार काम युवाका लागि प्रेरणादायी रहेको कान्छा अभियन्ता केपी खनालले बताए ।