बोलन्या थली संयोजक जोशीले दलित बस्तीमा तिहार मनाए
बोलन्या थली |
१ मंसिर २०७७, सोमबार
बोलन्या थलीका संस्थापक तथा संयोजक यादब जोशीले दलित बस्तीमा तिहार मनाएका छन ।
कैलालीको गौरीगङ्ग – ३ सुकुम्बासी कालिका सिबिरको दलित बस्तीमा हरिना कामि घरमा गएर दलित महिलाहरुको हातको टिका लगाएर बस्तीमै सगोल भोजन गर्दै तिहार मनाएको राजु नेपालीले जानकारी दिए ।
थलीका संस्थापक जोशीले अझै पनि सामाजमा जातीय छुवाछुतको प्रथा कायमै रहेकाले त्यसको अन्त्यका लागि सन्देश दिन दलित बस्तीमा तिहार मनाएको बताए । उनि ब्रह्माण परिवारमा जन्मेका हुन ।