बटौलीमा ” पच्कायो लाल्याले ” !

बोलन्या थली | १९ आश्विन २०७७, सोमबार
बटौलीमा ” पच्कायो लाल्याले ” !

 प्रदेश ५ बुटवलमा प्रदेश संसदहरुले राजधानी तोकेकोबारे बिमती जनाउदै कुर्सी तोडफोड गरेका छन । आक्रोसित मनसायले यस्ता कर्म गर्नुलाई ” पच्कायो लाल्याले ” भन्ने सुदुर पश्चिमेलीको ठट्यौली उपहास छ । प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ ।

विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टम पुगेका मन्त्री केसीले नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गरे।

यतिञ्जेल विरोधमा नाराबाजी गरिरहेका कांग्रेस सांसद आफ्नो बस्ने कुर्सी छेउ पुगेर कुर्सी उचालेर तोडफोडमा उत्रिए।
लगत्तै कांग्रेस सांसद वसिउद्दिन खाले कुर्सी उचालेर टेबुलमा प्रहार गर्न थाले।

त्यसपछि कांग्रेसका सांसदहरू रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेका हुन्।

कांग्रेसले बुटवलमै प्रदेश राजधानी बनाउनुपर्ने माग गरेको छ। उसले प्रदेशसभाबाट दाङ स्थायी राजधानी सार्ने प्रस्ताव फिर्ता लिन माग गरेको हो।

सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् ।

जनाअवजको टिप्पणीहरू