बोलन्या थलीको उद्घाटन

बोलन्या थली | ३ आश्विन २०७७, शनिबार
बोलन्या थलीको उद्घाटन

धनगढी : धनगढीमा आज बोलन्या थली उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका सासंद तथा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ्ग,प्रदेश सासंद कर्ण मल्ल, प्रदेश सासंद चुनु कुमारी चौधरी, डा. हेमराज पन्त र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहद्वारा सयुक्त रुपमा प्रमुख अतिथी पश्चिम सेतिको रुपमा कार्यक्रम उद्घाटन गरेका हुन्।

No description available.

प्रदेश सांसद तथा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले सबै बिषयलाई लिएर सरकारकै बिरोध मात्र गरेर समाधान नहुने बताए । प्रदेशमा कोहि पनि नागरिकलाई गुजारा चलाउन मुस्किल नभएको मिडियाले गुजारा नचलेर नागरिक भारत गईरहेको खबर गलत भएको बताए । बोलन्या थलीले पश्चिम सेतिको मुद्दालाई एकीकृत गरि भएर लाग्न सुझाव दिए ।

No description available.

राजनैतिक दललाई केहि थाहा नहुन सक्छ उनिहरुलाई दबाब दिन युवाको जरुरी रहेको बताए ।प्रदेश सांसद कर्ण मल्लले पश्चिम सेति विभिन्न राजनैतिक दलबाट २०५१ साल देखि आश्वासन मात्र दिदै आएको चुनावी भोटको रुपमा प्रयोग हुँदै आउनु दुर्भाग्य भएको बताए ।

अब आश्वासन मात्र नभई युवाले पश्चिम सेती दबाब दिन चुनाबबाट नेतालाई रिजेक्टमा मतदान गरिनु पर्ने बताए । राजनैतिकबाट मुक्त भई बिकास कार्यमा एकजुट हुन युवालाई आग्रह गरे । प्रदेश सभाबाट संघियलाई दबाब दिन आवश्यक पर्ने बताए । आफूले प्रदेश सभामा पश्चिम सेतिका लागि आवाज उठाएको बताए ।प्रदेश सांसद चुन कुमारी चौधरीले राष्ट्रिय मुद्दामा राजनैतिक एक हुनु पर्ने बताए । देशमा युवाको भुमिका ठूलो रहेको जोड दिदै सांसद चौधरीले बोलन्या थलिले उठाएको मुद्दामा सफलता प्राप्त गरने बताईन ।

No description available.

व्यवसायी गोपाल हमालले प्रदेशको समृद्धि युवाको भुमिकामा निर्भर रहेको बताए । युवा राजनैतिक कार्यकर्ता धेरै भए, बिकासका लागि जागृत युवा खाचो रहेको छ । अब युवा बिकासलाई परिमार्जन गर्ने अभियन्ता बन्नु पर्ने आग्रह गरे । उद्योग बाणिज्य संघले पनि पश्चिम सेतीको मुद्दा छोडेर गएको बेला बोलन्या थलीले यो मुद्दा उठाउदा खुसी रहेको बताए ।

No description available.

बोलन्या थलीलाई एकीकृत भएर पश्चिम सेतिको मुद्दालाई रचनात्मक दबाब दिन सुझाव दिए । डा. हेमराज पन्तले पश्चिम सेतिलाई राजनैतिक पार्टिले आश्वासन मात्र दिदै आएको बताए। पश्चिम सेती निर्माणको दबाब राष्ट्रिय स्तरमा दबाद दिन सके परियोजना बन्ने डा. पन्तले बताए । पश्चिम सेतिको मुद्दा अब बोलन्या थलीले सशक्त रुप अगाडी बढाउन सुझाव दिए।

No description available.

यस्तै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले अब यस क्षेत्रका बुद्धिजीवीहरुको सशक्त आवाज खाचो भएको बताए। प्रदेशको समृद्धिका लागि पश्चिम सेती परियोजना निर्माण हुनु आवश्यक रहेको जोड दिए।

No description available.

उद्घाटन कार्यक्रममा बोल्दै बोलन्या थलीका संयोजक यादव जोशीले सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिकका मुद्दालाई एकीकृत गरि यस क्षेत्रको बिकासमा जोड दिन बोलन्या थली स्थापना गरिएको बताए ।

No description available.

प्रदेशको समृद्धि गर्न आधार पश्चिम सेती रहेकोले राजैतिक नेतृत्वलाई दबाद दिन स्वतन्त्र युवाको रुपमा स्थापित गरिएको उनले बताए । बोलन्या थलीले पश्चिम सेती परियोजना चाडो निर्माणका लागि दबाब दिन माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसद,काङ्ग्रेस सभापति शेर बहादुर देउवासँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ ।

यस्तै पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन कार्य, प्रदेशका ८८ वटा स्थानीय तहहरुमा बृक्षारोपन र दिपायलको सेती पुलमा दिउँसै ७५० वटा टुकि बालेर दबाब दिएको बताए।कार्यक्रम न्युज २४ का प्रदेश ब्यूरो इन्चार्ज हिक्मत रावल सन्चालन गरेका थिए भने कार्यक्रममा धनगढीका पत्रकार र युवाहरुको सहभागी रहेका थिए ।

No description available.

जनाअवजको टिप्पणीहरू