जर्मनीका ३७ बर्षिय युवक मोरिट्ज कञ्चनपुर पुगे

बोलन्या थली | ९ असार २०७९, बिहीबार
जर्मनीका ३७ बर्षिय युवक मोरिट्ज कञ्चनपुर पुगे


धनगढी । जर्मनीका ३७ बर्षिय युवक मोरिट्ज हेरल्ड साइकल यात्रा गरेर १२ देश पार गर्दै नेपाल पश्चिमी जिल्ला कञ्चनपुर पुगेका छन् ।

मंगलबार उनि कञ्चनपुरको महेन्द्रनगर नगर पुगेका हुन् । गतवर्ष जर्मनको डसेलडोर्फबाट साइकल यात्रा सुरु गर्दै पोल्याण्ड, युक्रेन, रोमानिया, बुल्गेरिया, टर्किए, जर्जिया, आर्मेनिया, इरान, इमिरेट्स, ओमान र भारत पुगेका मोरिट्ज नेपालको पोखरा हुँदै कञ्चनपुर पुगेका हुन् ।

गतवर्ष जर्मनबाट साइकल यात्रा सुरु गरेका उनले अहिलेसम्म १२ देश पार गरिसकेको र अब बंगलादेश र म्यानमार प्रवेश गरी थाइल्याण्ड पुग्ने योजना रहेको उनको भनाई छ ।

जनाअवजको टिप्पणीहरू