प्रथम पदेश स्तरीय स्कूल अभ्यास अदालत प्रतियोगीता हुने


धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रथम पदेश स्तरीय स्कूल अभ्यास अदालत प्रतियोगीता हुने भएको छ । बोलन्या थलीको आयोजनमा सुदुरपस्चिम प्रदेश स्तरीय स्कूल अभ्यास अदालत प्रतियोगीता सञ्चालन हुने भएको हो।
प्रतियोगीता मार्फत जनचेतना अभिवृद्धि गराउने या अधिकारको पैरवि गराउन चाहाने सरकारी एवम गैरसरकारी संघ संस्थाहरुलाई व्यहोर्न सक्ने लागत सहित आवेदन दिन आयोजकले आग्रह गरेको छ ।
अभ्यास अदालत प्रतियोगीता अंग्रेजी र नेपाली दुवै माध्यम बाट सञ्चालन हूने र साथै उक्त प्रतियोगीता बाट भएको पैरवि को सम्पुर्ण व्यहोरा माथि आवेदक संस्थाको आंशिक एवम पूर्ण स्वामित्व हूने जनाएको छ । आवेदन जेठ २५ गते भित्र दिन सकिने जनाएको छ । कार्यक्रमको मिति भने केहि दिनमा तोकिने आयोजकले जनाएको छ।