धनगढीमा साईबर सुरक्षा र लागू औषधबारे सचेतना कार्यक्रम सुरू

बोलन्या थली | २२ मंसिर २०८०, शुक्रबार
धनगढीमा साईबर सुरक्षा र लागू औषधबारे सचेतना कार्यक्रम सुरू

धनगढी । कैलालीको धनगढीमा साईबर सुरक्षा र लागू औषधबारे सचेतना कार्यक्रम सुरू भएको छ ।

बोलन्या थली र जिल्ला प्रहरी कार्यालय कैलालीले एडूपल नेपाल र साईनो एजुकेशन धनगढीको सहकार्यमा आजदेखि सो कार्यक्रम सुरू भएको हो ।

पछिल्लो समय समाजमा साईबर सुरक्षा लगायत घटनाहरूबढिरहेका बेला युवाहरूलाई सचेतना दिनको लागि कैलालीका १६ वटा विद्यालयमा सो अभियान सञ्चालन गरिने बोलन्या थलिका संयोजक यादव जोशीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार धनगढीको पञ्चोदय र धनगढी नमुना माविमा रहेका विद्यार्थीहरूलाई सो बारे सचेतना दिईएको जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू