आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन डडेल्धुरा अस्पताललाई अख्तियारको ताकेता

बोलन्या थली | २१ श्रावण २०८०, आईतवार
आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन डडेल्धुरा अस्पताललाई अख्तियारको ताकेता

डडेल्धुरा। डडेल्धुरा अस्पतालमा व्यापक अनियमितताको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ। कञ्चनपुरमा रहेको आयोगको कार्यालयले आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन अस्पताललाई ताकेता गरेको हो।

प्राप्त पत्रअनुसार अख्तियारले यहि भदौ १५ गते अस्पताललाई राय प्रतिक्रियासहित काजजात उपलब्ध गराउन आदेश दिएको छ। अख्तियारले अस्पताललाई अक्सिजन प्लान्ट खरिद भएका कागजात तथा सो सम्बन्धी प्रमाण, स्वास्थ्य शिविर सम्बन्धी कागजात, औषधि खरिद, कर्मचारी भर्ना प्रक्रिया, हाडजोर्नी अप्रेशन गर्ने टेबुल खरिद तथा जेनेरेटर खरिद सम्बन्धी कागजात मागेको छ। ती सम्पूर्ण कागजात १५ दिनभित्र पठाउन अस्पताललाई ताकेता गरिएको हो।

जनाअवजको टिप्पणीहरू