मल्लद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

बोलन्या थली | २ मंसिर २०७८, बिहीबार
मल्लद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

डडेल्धुरा । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेश अन्तर्गत डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल बहादुर मल्लले उम्मेदवारी घोषणा गरेका छन् ।

काङ्ग्रेसको १४ औँ महाधिवेशमा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा गन्यापधुरा गाउँपालिकाका अध्यक्ष मल्लले उम्मेदवारी घोषणा गरेका हुन् ।

मल्ल लामो समय नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल निजामती युनियनको नेतृत्वमा सक्रिय रहेका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट गन्यापधुरा गाउँपालिकाको अध्यक्ष बनेका थिए ।

१४ औँ महाधिवेशनमा आफुलाई डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित गरिदिन सबैको सहयोगको अपेक्षा रहेको उनले बताए ।

जनाअवजको टिप्पणीहरू