निर्मला हत्याकाण्ड सल्टाउने मेरो पहिलो प्राथमिता हुन्छ : कञ्चनपुर प्रहरी प्रमुख चतुर्वेदी
कञ्चनपुर । कञ्चनपुरमा हालै जिम्मेवारी सम्हालेका नयाँ प्रहरी उपरीक्षक उमा प्रशाद चर्तुवेदीले निर्मला हत्याकाण्डको दोषीलाई कटघरामा उभ्याउने आफनो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
मंगलबार संचारकर्मीसंग परिचयात्मक कार्यक्रममा बोल्दै कञ्चनपुर प्रहरी प्रमुख चर्तुवेदीले निर्मला हत्याकाण्ड आफ्नो पहिलो प्राथमिकतामका राखेको बताए । निर्मला हत्याकाण्ड अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोबाट यस अघि नै जिम्मेबारी पाएका प्रहरी उपरीक्षक उमा चर्तुरबेदीले निर्मला हत्याकाण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गर्ने प्रतिबद्धता जाहेर गरे।
ऋाफुले कति समय लाग्छ भनेर नभने पनि आफनै कार्यकालमा निर्मला हत्याकाण्ड सल्टाउँने जिकिर गरे । चर्तुरबेदीले सबै प्रमाण जुटाएर मात्रै अभियुक्तलाई आदालत पेश गर्ने बताएका छन । उनले जिल्लाको शान्ति सुरक्षा एव अमन चयन र गैर कानुनी गतिबिधी नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताए ।