पर्सामा कोरोना संक्रमित ५६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु

बोलन्या थली | ७ भाद्र २०७७, आईतवार
पर्सामा कोरोना संक्रमित ५६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु

पर्सा- पर्सामा कोरोना संक्रमित एकजना ५६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नं.११ निवासी ५६ वर्षीय महिलाको नारायणी अस्पतालको अस्थायि कोभिड उपचार केन्द्र वीरगन्ज हेल्थकयेरमा हिजो साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल पुगेकी महिलाको साउन २२ गते स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा साउन २४ गते रिर्पोट पोजेटिभ आएपछि उनलाई सोही दिन अस्थायी कोभिड उपचार केन्द्र हेल्थकेयरको आइसियुमा भर्ना गरी उपचार हुँदै आएको थियो

जनाअवजको टिप्पणीहरू