कोरोनाबाट जोगिन मातृभूमि फर्किएकि राधा, क्वारेन्टिनले लग्यो ज्यान


धनगढी : भारतमा दैनिक हजारौं संख्यामा कोरोना संक्रमीत देखिन थालेपछि स्वदेशमा गएर कोरोना संक्रमणबाट बचिन्छ कि भनेर कृष्णपुर नगरपालिका–६ मौरीफाँटाकी राधा ओड श्रीमान रविन ओड डेढ बर्षिया नाबालिका छोरीसहित भारतबाट मंगलबार दिउँसोतिर मातृभूमि फर्केका थिए ।
मातृभूमि टेकेको एक दिन नहुदै नगरपालिकाले निर्माण गरेको अव्यवस्थित क्वारेन्टिनले राधाको ज्यान गयो ।
कृष्णपुर नगरपालिका ६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा पुगेको केही घण्टामा नुहाउन धारामा गएकी राधाको करेन्ट लागेर मृत्यु भएको मृतक राधादेवीका आफन्त जेठाजु देव बहादुर ओडले बताए। ‘भाई बुहारीलाई करेन्ट लागेर त्यही ढलिन्’, देवले भने, ‘श्रीमान श्रीमती ढलेको देखेर बेहोस भए, अस्पताल लैजान नगपालिकासँग एम्बुलेन्स माग्दा दिएनन् ।’ जनप्रतिनिधिसँग एम्बुलेन्स माग्दा बिग्रिएको भन्दै आलटाल गरेको पीडितले बताए।
घटना बारे प्रहरी र नगरपालिकामा खबर गरे तर कोही समयमा आईदिएनन पीडितले बताएका छ्न।
घटना स्थलबाट ढिलो गरि अस्पताल पुर्याउँदा राधाको सेती अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको पीडितले बताए ।