बझाङमा पहिलो पटक स्क्रबटाइफसका विरामी फेला

बोलन्या थली | २५ श्रावण २०७७, आईतवार
बझाङमा पहिलो पटक स्क्रबटाइफसका विरामी फेला

बझाङ।  बझाङमा पहिलो पटक स्क्रबटाइफसका विरामी देखापरेका छन् । थलारा र खप्तडछान्ना गाउँपालिकामा स्क्रब टाइफस देखापरेको हो ।

तीन दिनको अवधिमा लगातार ३ जना स्क्रबटाइफसका बिरामी देखा परेको जिल्ला अस्पताल बझाङका डा. मिलन खड्काले जानकारी दिएका छन् ।

उडुस प्रजातिका किराबाट सर्ने स्क्रबटाइफस रोग लागेमा धेरै ज्वरो आउने, रिँगटा लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने, शरिर थकित हुने, शरिरमा रातो विमिरा तथा घाउ देखापर्ने लगायतका लक्षण देखापर्ने उनले बताए ।

जनाअवजको टिप्पणीहरू