डडेल्धुरा अस्पतालमा उपचार हुन नसकेपछि रेफर गरेकी एक महिलाको बाटैमा मृत्यु


धनगढी – डडेल्धुरा अस्पतालमा उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पतालमा रेफर गरेकी एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ की ३८ वर्षीया महिला श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिईन्।
तर डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए।
उनको स्वाब संकलन गरेर परीक्षण सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।