सुदूरपश्चिम प्रदेशमा आज मात्रै थप १९५ जनामा कोरोना पुष्टि
धनगढी,असार १४ । सुदूरपश्चिममा आज एक सय ९७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा आज एक सय सय ९५ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज बाजुराका ९५ जना, डडेल्धुरा र दार्चुलाका दुईजनामा कोरोना पुष्टि भएको हो।
शिक्षण अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बाजुराका २९ महिला र ३४ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराकै ११ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको उनले बताए।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डडेल्धुराका एक पुरुष र दार्चुलाका एक पुरुष गरी दुईजनामा संक्रमण देखिएको हो। यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
उनले कैलालीका २९ जनामा र डोटिका ६९ जनामा कोरोना पुष्टि भएको बताए । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९ जना पुगेको छ।