थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु,मृत्यु हुनेको संख्या १२ पुग्यो


नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पामा ४ दिन अघि मृत्यु भएका ५८ वर्षीय पुरुषको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएको हो । यो सङ्गै नेपालामा कोराना संक्रमणबाट मृत्युको संख्या १२ पुगेको छ ।
लामो समयदेखि दमका रोगी थिए। उनी डोल्पा फर्कने क्रममा बाटोमै गम्भीर बिरामी परेका थिए। १८ गते डोल्पा पुगेपछि उनको आरडीटी परीक्षण गरिएको थियो। आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको बुधबार मृत्यु भएको थियो ।