बाजुरामा क्वारेन्टिनमा एक जनाको मृत्यु

बोलन्या थली | २४ जेष्ठ २०७७, शनिबार
बाजुरामा क्वारेन्टिनमा एक जनाको मृत्यु

बाजुरामा क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा राखिएका ६५ बर्षिय पुरुषको मृत्यु भएको हो।

जेठ १५ गते भारतबाट आएका थिए । हिजो साझदेखि खाना नखाएको र राती एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने तयारी गरिएको छ ।

जनाअवजको टिप्पणीहरू