जब लिपुलेकको कुरा उठेपछि भारतीय पत्रीकाले मेरो अन्तरबार्ता हटाए

बोलन्या थली | ४ पुष २०७७, शनिबार
जब लिपुलेकको कुरा उठेपछि भारतीय पत्रीकाले मेरो अन्तरबार्ता हटाए

– यादब जोशी

सुदुर पश्चिमका आम चासोको बिषय , राष्ट्रिय गौरबका आयोजना , बर्गीय मुद्दा , सार्बजनिक प्रशासन , सेवा बितरण , न्यायीक हक र केन्द्रीय राज्य सत्ताले दलनमा पारेका आवाजहरुलाई जिल्ला युनिटको सहयोगमा संग्रहीत र संगठीत गर्दै केन्द्रीय थलीबाट राज्यले सुन्ने गरी संखघोष गर्न बोलन्या थली – फ्रीडम अफ स्पीचको उदय भएको कुरा मैले भनि राख्नु पर्दैन , हामीले गरेका कर्म , लिईएको बाटो र चलाएको अभियानले प्रष्ट पार्ने हो ।

बोलन्या थलीको संस्थापक संयोजक हुँदै गर्दा विभिन्न बाधा , राजनीतिक रंग , बैधानिकीकरणका नाममा कृत्रीम अबरोधहरुलाई छिचोल्दै यहाँ सम्म पुग्नमा नौ वटै जिल्लाका अभियन्ता साथीहरूको साथ , सहयोग र समर्थन , मोफसलमा पत्रकारीता गर्ने पत्रकार साथीहरूको पुर्ण सहयोग , राजनीतिक दलकर्मीहरुको समर्थन , प्रशासनको सहयोग र अधिकारकर्मीहरुको प्रत्यक्ष संलग्नताले नै हो भनेर हामीके प्रष्ट बुझेका छौ ।

पश्चिम सेती जलविद्युत आयोजना हाम्रो मुख्य मुद्दा भए पनि सामाजिक जागरणका मुद्दाहरुमा सामर्थ्य र स्रोतले भ्याएनुसारको भुमिका निर्वाह गर्न आईरहेका छौ । एमसिसि विरुद्धमा किरा आन्दोलन , बयलगाढा आन्दोलन कोभिड महामारी बिच आश्रय अड्डा , दैलोमा दवाई , घरफर्क अभियान , दानापानी लगायत ससाना कर्महरुले सकेको गर्दै र नसकेको सहयोगको अपिल गर्दै बोलन्या थलीले आफ्नो उपस्थिति देखाउदै आएको थियो । ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत निर्माणका लागी बोलन्या थलीले चलाएको कचौरा आन्दोलन , संसदहरुको साझा – सार , संगीत – संघर्ष , टुकी आन्दोलन , बृक्षारोपण अभियान , सेटमा नियमित बहस सङ्गै ढुङ्गाडमा ७५० डोका आन्दोलन र त्यसको प्रारुपमा प्रधानमन्त्रीलाई एक लाख पत्र दिने भन्दै प्रदेशका ८८ ओटै स्थानीय तहहरुमा जनप्रतिनिधि र जनताहरुबाट पत्र संकलनको लागी दार्चुला पुगेका थियौ ।

अभियान चलिरहेकै बेला १२ डिसेम्बरको दिन खलंगा दार्चुलामा डडेलधुरा युनिट संयोजक दिपक भट्टका साथ पत्र संकलनको कार्य भईरहेको थियो , जसको सहजीकरण उद्दोग बाणिज्य संघ दार्चुलाले गरिरहेको थियो । त्यसै दिन भारतको पत्रीका दैनिक जागरणका उत्तराखण्डका पत्रकार प्रमोद भट्टले मलाई निकै खोजिरहेको र अन्तरबार्ता सहित स्टोरी बनाउने खवर पाएको थिए । त्यसपछि उहाँ र मेरो कुरा हुन्छ – पश्चिम सेती अभियान र आयोजना बारे , लगानीको मोडेल बारे , बित्त ब्यबस्थापन , भारतीय कम्पनीको चासो , चिनिया थ्री गर्जेजको भुमिका र आयोजनाले पार्ने प्रभाब लगायत बिषयमा टेलीफोनमा आधा घण्टा र व्ह्वाटस एपमा फोटो शेयरिङ्ग इत्यादि ! उहाँका प्रश्नहरु जायज र पत्रकारीता क्षेत्रको दायित्व बोध पुर्ण नै थिए , उल्लेखित बिषयहरुमा मैले बेली बिस्तार सबै कुरा भन्दै गए र प्रधानमन्त्रीलाई दिईने एक लाख पत्र अभियानबारे पनि ।

पछि उहाँले पत्रको नमुना र लेखाईको अर्थ बुझाए जहाँ मैले सुनाएको थिए पश्चिम सेती सङ्गै लिपुलेक , लिम्पियाधुरा र कालापानीको भुगोलबाट पत्र प्रेषित हुदैछ जुन पत्रमा पनि लेखिएको छ । यद्यपि यो बिषय त दिल्ली काठमाडौको सरोकार भएको भन्नुभो , पछि दुईदिनमा निकाल्ने भनेको स्टोरी हटाईएको जानकारी पाए ।

आफैले हटाए वा सम्पादकले हटाउन लागाए कुरो त बुझेको छैन तर लिपुलेको नामले भारतीय पत्रकारहरु धर्मनै भुल्दा रहेछन । लिपुलेक , लिम्पीयाधुरा र कालापानीको भुगोलबाट ।

यादब जोशी संयोजक – बोलन्या थली

साभार : दिनेश खवर

जनाअवजको टिप्पणीहरू