सुदूरपश्चिममा पनि ५४ अस्पतालको शिलान्यास गरिदै,सरुवारोग अस्पतालको शिलान्यास मुख्यमन्त्रीले गर्ने

बोलन्या थली | १५ मंसिर २०७७, सोमबार
सुदूरपश्चिममा पनि ५४ अस्पतालको शिलान्यास गरिदै,सरुवारोग अस्पतालको शिलान्यास मुख्यमन्त्रीले गर्ने

धनगढी : सरकारले सुदूरपश्चिम प्रदेशमा ५४ आधारभूत अस्पतालसहित एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभुत अस्पतालको शिलान्यास गर्ने भएको हो ।

सुदूरपश्चिम प्रदेशमा १० र १५ शय्याका ५४ अस्पताल निर्माण गरिने भएका छन् । कंचनपुरमा १० शय्याका २ र १५ शय्याका ६, कैलालीमा १० शय्याका १ र १५ शय्या ४ आधारभुत अस्पतालको शिलान्यास गरिने भएको छ ।

यस्तै पहाडी जिल्लामा डडेल्धुरामा १० शय्याका २ र १५ शय्याका १,बैतडीमा १० शय्याका ५ र १५ शय्याका २, अछाममा १० शय्याको ३ र १५ शय्याको ३, डोटीमा १० शय्याको ४ र १५ शय्याका ३,बझाङमा १० शय्याका ३ र १५ शय्याका २, बाजुरामा १० शय्याका ६ र १५ शय्याका २ आधारभुत अस्पतालको शिलान्यास हुँदै छ भने दार्चुलामा १० शय्याका ५ अस्पताल दुई बर्षमा बनाइने सरकारको योजना रहेको छ ।

सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’ भनेको छ ।अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइनेछन् । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ ।सोमबार नै सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गरिदैछ । प्रदेशस्तरीय ५० शय्या सरुवारोग अस्पताल डोटिमा आज मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

जनाअवजको टिप्पणीहरू