कविता : मेरो देश
एसिया दीपको दक्षी भुमिमा हाम्रो छ देश नेपाल
पुर्ब मेची तथा काली बगिरहन्छन छाल
पुर्खा चल्दथे आफ्नो तप बलमा टिस्टा नदिमा जब
कुदृस्टि परिग्यो ती वीर माथिनै बैरिहरुको तब
ठुला वीर थिए महान बुद्धिका गोरा खदेथे जब
विश्वनै डरायाे यी वीर भनेर कृति फिजियाे तब
प्रकृति माताका अपार महिमा यो मातृभुमिम छन्
यो सबथोक हुनुमा याे मातृभुमिका इस्वोरकै देन हुन्
उतरमा हिमालको छ पर्खाल टल्किन्छ चादीसरि
टिलपल छन ठुलासाना तालहरुनै अमृतका घडा सरि
पर्बतका जति छन् यी थुमकाहरुमा देवादिका बाँस छन्
फलफुल जाे फलेका छन् सवति फलेका प्युसादिका गाँस छन्
तराईको भुमि छ सम्म परेको सब अन्ननि फल्दछन
तेस्ले भोक मेटि नेपाली जनहरु विश्वभरि चल्दछन्
बुद्धैजन्मे यहि सीता सति यहि गाेरखनाथछन् यहि
धेरै के के भनु बयान गरिगरी सब चिजथाेक छन् यहि
ईश्वरलाई म गर्छु हात जोडी जोडी एउटै मात्र पुकारा
केहि न केही जिविका गरेर चलाउन नागरिकहरु गुजारा
निलम जोशि डडेल्धुरा