गजल : ६ मैना देखि एक छाक खाएर बाँचेको छु
बोलन्या थली |
२४ आश्विन २०७७, शनिबार
धनगढी : चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा कविता बाचन कार्यक्रम भएको छ । शनिबार बोलन्या थलीको आयोजनामा “डा. केसिका लागी कविताहरु” भन्ने दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा सर्जक तेज पुरुषले बाचन गरेको गजल “६ मैना देखि एक छाक खाएर बाँचेको छु”
झन जोगाउन खोज्दा झन गुमेको छ
तिम्रो विकासले मेरो आगन गुमेको छ
देशको माटो संग जोडिएको मान्छे हुँ म
अस्तिको पहिरोमा परिवार जन गुमेको छ
सहि बाटोमा सरकार किन हिन्न मान्दैन
लाग्छ त्यस्को मानसिक सन्तुलन गुमेको छ
छ मैना देखि एक छाक खाएर बाँचेको छु
आफ्नो त स्रोत गुमेको छ साधन गुमेको छ
कुर्सीमा बसि बलात्कार भा छैन भन्नू हुन्छ
तपाइँ लाई के थाहा मान्छेको जीवन गुमेकोछ